कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन सुरू गरिएको छ । लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले दुर्व्यवहार गर्ने गरेको छ । बुधबार प्रहरीको कुटपिटबाट पश्चिम बंगालमा एक जना युवाको ज्यानै गएको छ । पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका…