Logo

कोशी प्रदेश

कोरोना भाइरस: प्रदेश १ मा १० जनामा संक्रमण आशंका



विश्वव्यापी स्वास्थ महामारी फैलिएको कोरोना भाइरस (कोभिड – १९) का कारण प्रदेश १ मा हालसम्म कोरोना संक्रमणको आशंकामा १० जनालाई आइसोलेसन वार्डमा राखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको जनस्वास्थ्य महाशाखाका अनुसार बिराटनगरको कोशी अस्पतालमा दुईजना, धरानको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ७ जना र मेचीनगर अस्पतालमा एकजनालाई राखिएको जनाएको छ ।

त्यस्तै शंकास्पद मानिएका व्यक्तिको स्वाब परिक्षणको लागि नमुना काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको जनस्वास्थ्य महाशाखाले जनाएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा केहीदिनमै परिक्षण कार्य सुचारु हुनेसमेत महाशाखाले जानकारी दिएको छ । त्यसका लागि आवश्यक सरसामान, औषधि तथा मेसिन समेत जोडि सकिएको जानकारी दिएको हो ।

‘लकडाउन’ सुरु भएदेखि संक्रमित आशंका गरिएका व्यक्तिको स्वाब परिक्षणका लागि एम्बुलेन्स मार्फत काठमाडौ पठाउने गरिएकोमा बिहीवार बाट नमूना परिक्षण सुरु गर्ने र शुक्रबार देखि स्वाब परिक्षण सुचारु हुने जानकारी दिएको हो ।

त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले हालसम्म २० जना शंकास्पदको स्वाब परिक्षणका लागि काठमाडौ पठाएको जनाएको छ । वीपी अस्पतालमा हालसम्म ७ जना शंकास्पदलाई आइसोलेसनमा राखिएको समेत जानकारी दिएको छ ।

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानकै अनुमतिमा ५ जना शंकास्पदलाई होम क्वारेन्टाइन र दुईजनालाई मोरङको टाँडिस्थित क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ । ‘लकडाउन’ सँगै हवाई सेवा ठप्प हुँदा स्वाब परिक्षणका लागि काठमाडौ पठाउन एम्बुलेन्स प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार ११:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।