नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस) को पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र २९ बैंक तथा वित्तीय संस्थाहरुबीच मंसिर २ गते सम्झौता भएको छ । एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदान प्रदान गरेका हुन् । नेपाल…