भारतीय राष्ट्रिय कांग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गरेकी । उत्तर प्रदेशको मैँयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले तीन दिने यात्रा सुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको यात्रा काशीसम्मको हुनेछ । उनले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गरेकी छिन् ।…