Logo

अन्तर्राष्ट्रिय

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी अब चौकिदार



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौकिदार बनेका छन् । उनी आाजैबाट चौकिदार बनेका हुन् ।

यसअघि नरेन्द्र मोदिको नामले मात्र चिनिने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नामका अघि चौकीदार थपेसंगै उनी चर्चामा आएका छन् । मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकिदार भएको बताउँदै यस्तो लेखेका हुन् ।

प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए। गान्धीको त्यही भनाइको जवाफमा मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन्।

भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू हुँदैछ। भारतमा लोकसभाका लागि अप्रिल ११ देखि चुनाव हुँदैछ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।