Logo

अन्तर्राष्ट्रिय

जिम्बाब्वेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौँ वेपत्ता



जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् । शुक्रबार मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए ।

आँधीका कारण हजारौँ मानिस प्रभावित बनेका छन् । आँधी प्रभावित क्षेत्रमा विद्युत काटिएको छ भने पुलहरू बाढीले बगाएको छ । पूर्वी चिनामानिमनि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, “अहिलेसम्मको जानकारी अनुसार २४ जनाको मृत्यु भएको र १०० भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन् ।”

आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ । कतिपय घरहरू बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ ।

आँधीपूर्व गत हप्ता भएको अत्यधिक बर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित बनेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार १५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।