नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताउनुभएको छ । खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गर्नुभएको हो । देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उहाँले प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो…