Logo

प्रमुख समाचार

हृदयघाट भएका पारस शाहको स्वास्थ्य अवस्था स्थिर



पूर्व युवराज पारस शाहलाई तेस्रो पटक हृदयघात भएको छ । हृदयघात भएपछि शाहको मुटुको धमनीमा स्टेन्ट हालिएको छ ।शाहलाई यसअघि बैंककमा हृदयघात भएपछि स्टेन्ट हालिएको ठाउँमै यसपटक धमनीमा अवरोध देखिएको हो ।

शाहलाई सोमबार दिउँसो सवा चार बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो ।पूर्व युवराज शाहलाई मुटुरोग विशेषज्ञ डा.यादव भट्ट र डा.जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार जारी राखिएको छ ।

शाहको मुटुमा २०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर(आईसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो । पूर्व युवराज शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।पूर्वयुवराज शाह सोमबार ललितपुरका विभिन्न मन्दिरहरूमा पुगेर पूजाअर्चना गरेका थिए ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ५ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।