काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिएका छन् । बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण…