Logo

अर्थ

रसुवा बाढी: रसुवा बाढीले ९ बैंकका शाखामा पूर्ण क्षति



काठमाडौं । रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् ।

तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही शाखामा ठूलो भौतिक क्षति पुगेको र केही संरचना बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको र त्यसपछि क्षतिको विस्तृत विवरण संकलन गरिने बताए । बैंक तथा वित्तीय संस्था परिसंघले पनि हाल भौतिक क्षतिको विवरणभन्दा कर्मचारीको अवस्थाबारे जानकारी लिन र उद्धार समन्वयलाई प्राथमिकता दिइएको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार १४:४३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।