Logo

सन्थाल समुदायको दासाई नृत्यको रौनक

उर्लाबारी । दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड उनीहरूको नृत्य हेर्न झुम्मिएको छ। मोरङको उर्लाबारी–९ मा बुधबार आयोजित दसैं मेलामा देखिएको यो दृश्य सन्थाल समुदायको मौलिक दासाई नृत्यको हो। पुस्तौँदेखि दशैं तथा तिहारको अवसरमा प्रस्तुत हुँदै आएको दासाई…