काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले आह्वान गरेकै भोलिपल्ट संसद अधिवेशन स्थगनले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त…