काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । २५ शैयाको बहु–विशेषज्ञ अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा छाला रोग विशेषज्ञ तथा अस्पतालकी मेडिकल डाइरेक्टर डा.लैला लामा ताङ्बेतानीका अनुसार…