काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धि ४.६ प्रतिशत रहेको थियो । मध्यपूर्वमा जारी द्वन्द्व तथा सन् २०२५ सेप्टेम्बरमा भएको अशान्तिको प्रभावका कारण आर्थिक गतिविधिमा सुस्तता आएको जनाइएको छ । यद्यपि, समग्र आर्थिक परिदृश्य भने सुधारोन्मुख देखिएको…