काठमाडौं ।सुनसान र बस्तीभन्दा टाढाको एकान्त घरमा ट्रान्सपार्टी गरिरहेको समयमा प्रहरीले छापा मारेको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा स्वदेशी र विदेशी युवायुवतीहरू ट्रान्सपार्टीमा रमाइरहेको बेला प्रहरीले छापा मारेको हो। मध्यरातमा छापा हानेको प्रहरीले अवैध रूपमा आयोजना गरिएको ट्रान्सपार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ। ती मध्ये १२ जनाविरुद्ध मुद्दा चलाउने…