विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् । इटहरीमा शनिबार आयोजित अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कार्यक्रमले आफूलाई थप सकारात्मक ऊर्जा प्रदान गरेको उल्लेख गरे । उनले मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सङ्घीय संरचनाले…