काठमाडौं । निवर्तमान सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद् बैठकले गरेको पछिल्लो निर्णयप्रति आपत्ति जनाएकी छन्। आइतबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरेको र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो। उक्त निर्णयले व्यापक आलोचना पाएपछि सुमना श्रेष्ठले पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। साथै, उनले सरकारसँग जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक…