Logo

कान्तिपुरका प्रधान सम्पादक चौहानले दिए राजीनामा

काठमाडाैं । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन् । उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन् । उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए ।