ताप्लेजुङ । प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो । वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार…