Logo

एजेण्डा हराउँदै, भीड मनोविज्ञान बढ्दै

काठमाडौं ।प्रत्येक निर्वाचनअघि राजनीतिक दलहरूले आकर्षक प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक गर्छन् । विकास, रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधारदेखि पूर्वाधार विस्तारसम्मका महत्वाकांक्षी योजनाले भरिएको दस्तावेज मतदातासामु प्रस्तुत गरिन्छ । तर यसवर्ष वर्ष मतदातामा उम्मेद्वारका घोषणापत्रप्रति चासो नै देखिँदैन । ‘घोषणापत्र चुनाव जित्नका लागि बनाइने औपचारिक कागज जस्तो मात्र भएको छ,’ भरतपुर महानगरपालिका–२२ का हरिप्रसाद ढकालले भने ‘पहिला रेल…