काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले केहीदिन अघि भनेकी थिइन्,‘रास्वपा जान्नेलाई छान्ने पार्टी होइन मुद्दै मुद्दा भएकाहरुलाई छान्ने पार्टी हो ।’ मधेशमा रास्वपालाई अंकुरण गराउने शर्माले अहिले सोही पार्टी परित्याग गरेकी छिन् । जान्नेलाई छान्ने भन्ने पार्टीले अहिले मुद्दा लागेकाहरुलाई उमेद्वार बनाउने मापदण्ड बनाएको उनको गम्भिर आरोपलाई पुष्टि हुने आधारहरु…