काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई व्यवस्थित र सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार केही सवारीसाधनलाई छुट दिने सिफारिस गरेको जनाएको छ। आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र…