Logo

रुकुम पश्चिममा कुलमानका उम्मेदवारले जनार्दनलाई गरे समर्थन

काठमाडौं । रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा केसीले रुकुम पश्चिमको समग्र विकासका लागि सहकार्य गर्ने सहमति भएको भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई समर्थन गर्ने निर्णय गरिएको बताए। यसअघि नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ।…