काठमाडौं । काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) र आयोजक तेजस्वी एकेडेमी मंगलबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘बी’ को लिग खेलमा केभिकेएसएसले मानसिंहलाई २१–१४ ले पराजित गर्दै समूह विजेता बन्यो। केभिकेएसएसको जितमा खुसी मितोकले ९ अंक योगदान गरिन्। मानसिंह पनि समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो।…