काठमाडौं। बेलायतमा राजाका भाइ एन्ड्रयु माउन्टव्याटन विन्डसर पक्राउ परेका छन् । बेलायतको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । अमेरिकी टेलिभिजन संस्था सिएनएनका अनुसार सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कमा विन्डसरलाई पक्राउ गरिएको हो । लन्डनको पश्चिमी क्षेत्र हेर्ने थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार विन्डसरले सन् २०१० मा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने भनेर दोषी ठहरिएका यौन अपराधी जेफ्री…