Logo

खेलकुद

विश्वकप : वेस्ट इन्डिज समूह विजेता



काठमाडौँ । आईसीसी टी–२० विश्वकपको समूह ‘सी’मा रहेको वेस्ट इन्डिज समूह विजेता बनेको छ । टी–२० विश्वकप २०२६ को समूह सीको अन्तिम खेलमा बिहीबार वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको हो ।

भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा १६६ रनको लक्ष्य पछ्याएको इटाली १८ औं ओभरमा १२३ रन बनाउँदा अलआउट भएको हो ।

एक खेल अगाडि नै विश्वकपको सुपर एट पुगिसकेको वेस्ट इन्डिजका लागि समर जोसेफले चार विकेट हात पार्नुभयो ।  इटालीका लागि बेन मनेटीले सर्वाधिक २६ रन बनाउनुभयो ।

सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ४६ बलमा ७५ रन बनाउनुभएको थियो ।

यो जितसँगै वेस्ट इन्डिजले चार खेलबाट आठ अङ्क जोडेर समूह विजेता बनेको हो । यो समूहबाट इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर एट पुग्दा नेपाल, स्कटल्यान्ड र इटाली दुईदुई अंक जोड्दै बाहिरिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।