काठमाडौँ । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सिसिटिभी क्यामेरा बन्द गरेर डिपोबाट तोकिएभन्दा बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरिएको प्रकरणमा बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवानाको सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले…