काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना बेरोजगार युवायुवतीबाट ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा महोत्तरीका ४१ वर्षीय जटाधर राउत पक्राउ परेका हुन्। महोत्तरी जिल्ला सम्सी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्दै आएका राउतले…