म्याग्दी। यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो। ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ। जिल्लाका विभिन्न ठाउँका बगँैचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख…