महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन् । “अहिले देश अप्ठ्यारो अवस्थामा छ,संविधान लिकबाट बाहिर भएको छ,लोकतन्त्र जोखिममा छ ।” लेखकले भने,“यस्तो बेलामा सबै साथीहरु मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ ।”…