Logo

समाचार

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ



काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुरको धोबिघाटबाट चितवनको भरतपुर महानगरपालिका–१६ का १९ वर्षीय रोहिम तिवारीलाई छ वटा कछुवासहित पक्राउ गरेको हो ।

निजलाई आवश्यक कानुनी कारबाहीका लागि आज डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १९:११   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।