काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो पटक पनि अदालतबाट दोषी ठहर भएका तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार बनेका छन् । चुनाव जिते स्वतः सांसद पद निलम्बन भएर संसद् छिर्नै नपाउने अवस्थाका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाएका हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट–१ मा उम्मेदवार बनेका माधवकुमार नेपाल पतञ्जलि जग्गा भ्रष्टाचार प्रकरणमा मुद्दा…