काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डको मंगलबार बिहान बसेको बैठकले मोरङका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो। पार्टीका अनुसार मोरङ–१ बाट खड्ग फागोलाई उम्मेदवार बनाइएको छ। यस्तै, मोरङ–२ मा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेसको प्रतिनिधित्व गर्ने भएका छन्।…