Logo

प्रमुख समाचार

कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार टुंग्यायो, मोरङ-६ मा कोइराला उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ।

कांग्रेस संसदीय बोर्डको मंगलबार बिहान बसेको बैठकले मोरङका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो। पार्टीका अनुसार मोरङ–१ बाट खड्ग फागोलाई उम्मेदवार बनाइएको छ।

यस्तै, मोरङ–२ मा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेसको प्रतिनिधित्व गर्ने भएका छन्। मोरङ–३ मा डा. सुनिल शर्मा पुनः उम्मेदवार दोहोरिएका छन् भने मोरङ–४ बाट नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरे उम्मेदवार बनेका छन्।

मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ। यस्तै, कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:०१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।