काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूहरुले छानेको नेतृत्व परिवर्तन गर्न पाउनुपर्छ भनेर विशेष महाधिवेशनमा आएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले अब नेतृत्व परिवर्तन गरेर जाने बताए । अब कांग्रेसमा संस्थापन र इतर समूह समाप्त भएर जाने, कांग्रेसलाई पुरानै अवस्थामा राख्छौं भन्नेलाई सन्देश दिने र…