काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल (फेसबुक)मार्फत यसको जानकारी दिएका हुन्। मन्त्री लम्सालका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबिच उक्त महत्त्वपूर्ण त्रिपक्षीय…