काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गर्ने तयारी गरेको छ । स्रोतकाअनुसार लेखकविरुद्ध लगाइएको स्थानहद खुलाउने प्रक्रियामा आयोग अघि बढेको हो । आयोगले लेखकसँग दुई चरणमा छुट्टाछुट्टै बयान लिइसकेको छ । हिजो बुधबार साँझ करिब साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो । त्यसअघि…