काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा अभियानले उठाएका समसामयिक विषय र नागरिकका सरोकारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेलको समेत सहभागिता रहेको थियो। छलफलका क्रममा अभियान पक्षले नागरिक सुरक्षासँग सम्बन्धित विभिन्न माग तथा सुझाव प्रस्तुत गरेको बताइएको छ।





















प्रतिक्रिया