काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष जोहानेस जुटबिचबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा अर्थतन्त्र, सहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरण लगायतका विषयमा छलफल भएका हाे । अर्थमन्त्री पौडेलले नेपालको आर्थिक सूचकहरूमा सुधार आएको बताउँदै, विकास साझेदारका रूपमा विश्व बैंकसँग मिलेर अघि बढ्न चाहेको उल्लेख गरे ।…