Logo

दोहोरो अंकले घट्याे सेयर बजार, १० अर्ब २१ करोडको कारोबार

काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा कायम भएको हो। आज ३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको घटेको छ । आज १० अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।