काठमाडौं । सरकारले देशको पर्यटन क्षेत्रको समग्र विकास र प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत नीति सार्वजनिक गरेका हुन् । मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्त्वपूर्ण हुने बताए । उनले नीतिको कार्यान्वयनको…