काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिका कारण विवादमा आएको 'कुलिङ अफ पिरियड' प्रावधानबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ । म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिँदैछ । सभामुख देवराज घिमिरेले संसदीय विशेष छानबिन समितिको कार्यावधि थप गर्न प्रस्ताव पेश गर्ने कार्यसूची…