काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको मध्यम जोखिम छ । धेरै स्थानमा भारी वर्षाको सम्भावना नरहेकाले बाढीको उच्च जोखिम नरहेको हो । कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहनेछ । तर, बहाव बढ्दो क्रममा रहने जल तथा मौसम विज्ञान…