Logo

प्रमुख समाचार

अडियोमा संलग्नता देखिए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियोप्रति स्पष्ट प्रतिक्रिया दिएका छन् । पोखराको मालपोत कार्यालयसँग जोडिएर उठेको विवादमा आफू निर्दोष रहेको दाबी गर्दै मन्त्री अधिकारीले अडियोमा आफ्नो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले भने, ‘यहाँहरूले अडियो सुन्नुभएको छ। मेरो आवाज, मैले मागेको कुरा वा कुनै गैरकानुनी प्रस्ताव फेला पार्नुभयो भने, म जस्तोसुकै सजाय भोग्न तयार छु।’

उनले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए । आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरेका छन् ।

मन्त्री अधिकारीले मालपोत अधिकृतको सरुवापछि आफूले फेरि उही स्थानमा उनलाई पठाउने योजना नरहेको पनि बताए। ‘उहाँ आफैँ मुद्दामा जानुभयो र फैसला पनि उहाँको पक्षमा आएन। अहिले आएर मलाई र मेरो परिवारलाई जोडेर अफवाह फैलाइएको छ,’ उनले भने।

पोखराको जग्गा प्रकरणमा आफ्नो नाम मुछिनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले अडियोमा आएको आवाज, भाषा र व्यक्तिहरू आफूसँग मेल नखाने बताए। ‘म आफैँ पनि अडियो सुन्छु, मेरो शब्द छ कि छैन भनेर सबैलाई थाहा हुन्छ। म आफूले बोलेको हो भने जिम्मेवारी लिन तयार छु,’ मन्त्री अधिकारीको प्रस्ट भनाइ छ ।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १६:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।