काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अहिले फेरि लोडसेडिङ्गको त्रास बढेको छ। केही समयअघि मात्र “लोडसेडिङ्ग अन्त्य” को गफ चलाइए पनि दैनिक बेलुका १ घण्टा विद्युत् काटिने क्रम बढिरहेको छ। तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य भने “लोडसेडिङ्ग छैन” भन्ने सन्देशमात्र बाँडिरहेका छन्। यथार्थमा, राजधानीमा विद्युत आपूर्ति निकै असहज भएको छ। प्राधिकरण आफैले…