काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ बैठक सिंहदरवारस्थित संघीय संसद् भवनमा दिनको १ बजे बस्ने तय भएको हो । संसद् सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय…