काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।
राति पनि देशभर बदली रहने र विभिन्न प्रदेशमा वर्षा हुने पूर्वानुमान छ। बागमती र गण्डकीका पहाडी तथा लुम्बिनीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
















प्रतिक्रिया