काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले औपचारिक रूपमा ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल पे कार्डको औपचारिक उद्घाटन गरे । ‘नेपालको आफ्नै कार्ड’ भन्ने नारासाथ एनसीएचएलले नेपाल पे कार्ड सुरु गरेको हो ।…