काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि पत्रकार दीपेन्द्र रावलले उम्मेदवारी दिने भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुन लागेको सन्दर्भमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । २०५५ सालदेखि माओवादी पार्टीमा संगठित उनी २०५६ सालबाट पूर्णकालिन भएर जनयुद्धमा सहभागी…