काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेको र कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरणलाई राम्रो काम गर्ने व्यक्तिलाई यस्तो दण्ड दिने सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “सार्वजनिक संस्थाहरू घाटामा गइरहेका…